|
|
१२औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह - २०६९ का अवसरमा माननीय श्रम तथा यातायात व्यवस्था मन्त्रीज्यूको सम्बोधन श्री सचिव ज्यू, सह सचिव ज्यूहरु, माहानिर्देशक ज्यूहरु, कार्यकारी निर्देशक ज्यूहरु, ट्रेड यूनियन महासंघका प्रतिनिधिहरु, रोजगारदाताका प्रतिनिधिहरु, ILO Nepal प्रतिनिधि, कार्यक्रममा उपस्थित राष्ट्रसेवक कर्मचारीहरु, नागरिक समाजका प्रतिनिधि, एंव पत्रकार लगायत उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्द! आज २८ अप्रिल २०१२ को दिनलाई विश्वभर व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवसको रुपमा मनाईदैछ। यसवर्षो अर्न्तराष्ट्रिय नारा “हरित अर्थतन्त्रमा सुरक्षा तथा स्वाथ्यको परवर्द्धन ( Promoting safety and health in a green economy) रहेकोछ। नेपालले विगत १२ वर्षदेखि नियमित रुपमा उच्च प्राथमिकताका साथ यो दिवस मनाउदै आएकोछ। १२औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह - २०६९ सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैं छ। कार्यक्रमबाट विभिन्न पेशा र व्यवसायमा काम गर्ने कामदारर्/कर्मचारीहरुमा जोखिम र असुरक्षा प्रतिको सचेतना अभिवृद्धि गर्दै जोखिम र खतरालाई न्यून गर्ने उद्देश्य पूरा गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ। बढदो औद्योगिकरण, यान्त्रीकरण र विकास निर्माण कार्यहरुको त्रि्रताका कारण कामदारहरुको जोखिम बढि रहेको अवस्थामा यस व्यवसायजन्य सुरक्षाको महत्व अझ व्यापक बनेको छ। असावधानीको कारण विभिन्न कार्यमा कार्यरत व्यक्तिहरुको दुर्घटनाको कारण दुखद निधन हुन पुगेका घटनाहरु बढदो छ। जुनसुकै कार्य पनि खतरामूक्त हुन सक्दैन। घरायसी वा अन्य जुनसुकै कार्यस्थलमा काम गर्दा सावधानी र सुरक्षा तथा स्वास्थ्यको सुरक्षामा प्रत्येक कामदार एवं रोजगारदाताले उचित ध्यान दिई सुरक्षाका विभिन्न उपाय र उपकरणहरु अवलम्बन तथा प्रयोग गर्नु पर्दछ। यही शिक्षा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजनाले प्रदान गर्दै आएको छ। केन्द्रीयस्तरमा रहेको यस आयोजनाले सिमित स्रोत र जनशक्तिको कारण देशव्यापी रुपमा व्यवसायजन्य सुरक्षाका उपायहरुलाई आवश्यकता बमोजिम जिल्ला एंव स्थानीयस्तरमा पुर्याउन सकेको छैन। व्यवसायहरुमा काम गर्ने विभिन्न व्यक्तिहरुलाई काम गर्दाको अवस्थामा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता हो। यस आवश्यकतालाई सरकारी तथा गैर सरकारी एंव निजी क्षेत्रका व्यवसायीहरुले आ-आफ्नो क्षेत्रबाट योगदान गरी जोखिमलाई न्यूनीकरण गर्न र सप्ताहव्यापी रुपमा आयोजना गरीएका सबै कार्यक्रहरु सफलताका साथ सम्पन्न गर्न सबै सरोकारवालहरु संग हार्दिक आग्रह गर्दै सफलताको कामना गर्दछु। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि कृयाकलापहरुलाई क्रमशः संस्थागत एवं सुदृढिकरण गदै लाने सरकारको नीति रहेकोले यसका लागि सम्वद्ध सवै पक्षको समन्वय र सहयोग जुट्ने विश्वास लिएको छु। अन्तमा १२ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सप्ताहको आज पहिलो दिनको शुभविहानीमा राखिएको यस प्रभातफेरी कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण सरकारी निकायहरु, टे्रड यूनियनहरु, सामुदायिक संस्थाहरु, व्यवसायी, रोजगारदाता र नागरिक समाज, पत्रकार, अन्तराष्ट्रिय श्रम संगठन, राष्ट्रिय अर्न्तराष्ट्रिय निकायका सबै व्यक्तित्वहरुमा हार्दिक धन्यवाद दिदै आजको प्रभातफेरी कार्यक्रम यही समापन भएको जानकारी गराउँदै सप्ताहव्यापी अन्य कार्यक्रमहरुमा सक्रिय सहभागी भै दिन हुन अनुरोध गर्दछु। धन्यवाद! २०६९, वैशाख १६ । |